हाम्रो बारेमा

परिचय

बारागढी भन्ने स्थानको नामबाट यस जिल्लाको नाम “बारा” पर्न गएको हो । जसको मूलशब्द (Root) को रुपमा बारा र व्युत्पत्त (Derivative) को रुपमा अन्य शब्दहरु जोडिएर रहेको देखिन्छ, जस्तै बरेवा, बरियारपुर, बरैनिया आदि र यिनीहरुको नामाकरण हुनुमा बाराहगढी (पछि बारागढी) को प्रभाव परेको अनुमान गर्न सकिन्छ । बारागढी सिम्रौनगढ  राज्यभित्रको किल्ला (Fort) को रुपमा रहेको १२ वटा दुर्गहरुमध्ये बलियो किल्लाको रुपमा थियो ।

जिल्लाको कुल भू–भाग १२९५६४ हे. रहेको जस अन्तर्गत निम्न बमोजिमको भू-उपयोगको विवरण रहेको छ ।

                                                          

सि.नं. भू-उपयोगको किसिम प्रतिशत  
कृषि क्षेत्र ६९,५१६ ५३.६५
वन क्षेत्र ४७,१८२ ३६.४२
बलौटे क्षेत्र ५,२१४ ४.०२
झाडिदार क्षेत्र १,९८४ १.५३
बस्ती/आवादी १,२९७ १.
नर्सरी/बगैंचा क्षेत्र १,६६१ १.३२
अन्य २,६६० २.०५
क्षेत्रफल (हे) जम्मा १,२९,५६४  १००.००

 

यस जिल्लाको जम्मा ४७,१८२ हेक्टर वन क्षेत्र मध्ये हाल बस्ती वरिपरीका करिव ९०९६ हेक्टर वनलाई सामुदायिक वनको रुपमा तथा दक्षिण भेगका भारत सिमाना सम्मका उपभोक्ताहरुको पहुँच पुग्ने गरी पूर्व पश्चिम राजमार्ग भन्दा दक्षिणको ७७७७.५७ हे. वन क्षेत्रलाई साझेदारी वन क्षेत्रको रुपमा व्यवस्थापन गरिएको छ । साथै, भर्खरैमात्र तराइको समथल क्षेत्रमा रहेको १५९९१.० हे. उत्पादनशिल वन पर्सा राष्ट्रिय निकुञ्जमा हस्तान्तरण भएको कारणले बाँकी १४३१७.४३ हे. वन क्षेत्रलाई सरकारद्घारा व्यवस्थित वनको रुपमा कायम रहेको छ । सरकारद्घारा व्यवस्थित वन जंगलमा हाल साल मिश्रित, खयर मिश्रित हार्डउड वनहरु रहेका छन् । सरकारद्घारा व्यवस्थित वनमा हाल परम्परागत हिसावले ढलापडा तथा सुखड खडा रुखहरु मात्र संकलन हुने गरेको छ । वन व्यवस्थापन कार्यक्रम अन्तर्गत यस प्रकारको वनमा वृक्षारोपण गर्ने गरिएको छ ।